images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • मुग्लिन–पोखरा एक वर्षमा ५५ किलोमिटर सडक...

मुग्लिन–पोखरा एक वर्षमा ५५ किलोमिटर सडक कालोपत्र

मुग्लिन–पोखरा एक वर्षमा ५५ किलोमिटर सडक कालोपत्र

images
images
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०।८१ मा पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुने सम्म एकतर्फि रूपमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको हो ।

    images
    images

    पूर्वीखण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म एकतर्फि रूपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको जानकारी दिए । वर्षाका कारण अहिले कालोपत्रको काम रोकिएको छ । उनले भने, “अन्य काम भइरहे पनि वर्षाका कारण हाल कालोपत्र गरेका छैनौँ । वर्षा सकिएपछि बाँकी खण्डमा कालोपत्र हुनेछ ।”

    पूर्वीखण्डअन्तर्गत व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन् । त्यसमध्ये व्यास नगरपालिकाको दमौली र डुम्रे बजारका केही भामा घरटहरा हटाउन ढिलाइ हुँदा कालोपत्र काम अगाडि बढ्न सकेको छैन । 

    images
    images

    पाण्डेकानुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना, दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उनले जानकारी दिए । 

    आर्थिक वर्ष २०८०।८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इञ्जिनियरिङको काम गरिएको छ । उक्त अवधिमा केही घरटहरा हटाउन ढिलाइ हुँदा र पहिराजन्य समस्या काममा अवरोध पुगेको आयोजनाले जनाएको छ । 

    गत आवमा आयोजनाका लागि पुँजीगततर्फ रु २ अर्ब ९९ करोड बजेट विनियोजन भएकामा रु २ अर्ब १४ करोड खर्च भएको जनाइएको छ । यस खण्डको गत वैशाख २ गते म्याद सकिएपछि पुनः एक सय ५५ दिन थप गरिएको छ । पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । यहाँ चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले काम गरिरहेको छ । 

    विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनसडक विस्तारको काम सुरू भएको हो । पूर्वीखण्डको ठेक्का रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend