images

२०८३ आश्विन १९ गते

images
images
images

नेपालीले १० महिनामा गरे विदेश भ्रमणमै ७३ अर्ब खर्च

नेपालीले १० महिनामा गरे विदेश भ्रमणमै ७३ अर्ब खर्च

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • नेपालमा विदेशबाट घुम्न आउने पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको र पर्यटक नेपालको विकासको मेरुदण्ड बन्न सक्ने विषयमा निकै चर्चा हुने गरेको छ । नेपालीहरुले विदेशबाट घुम्न आएका विदेशीहरुबाट प्राप्त हुने रकमले देशको विकास हुने बताइ रहँदा तथ्यांकले भने अवस्था फरक देखाएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो १० महिनाको आर्थिक तथा वित्तीय अवस्थामा नेपालमा आउने विदेशी पर्यटकले नेपालमा गर्न खर्चकै हाराहारीमा विदेश घुम्न जाने नेपालीले गरेको खर्च रहेको छ । चालु आर्थिक वर्षको वैशाख महिसान्तसम्मको अवधिमा विदेशबाट नेपाल घुम्न आउने पर्यटकबाट नेपालले ७५ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ । सोही अवधिमा नेपालबाट विदेश घुम्न जाने नेपालीले ७३ अर्ब रुपैयाँ खर्च गरेका छन् ।  

    समीक्षा अवधिमा नेनपालको खुद सेवा आय ८६ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ३१ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.६ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६९ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो ।समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १७.९ प्रतिशतले वृद्धि भई रु.१८५ अर्ब ३ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.११२ अर्ब ४४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १५६ अर्ब ९५ करोड रहेकोमा शिक्षातर्फको व्यय १०४ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend