काठमाडौंः एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाल सक्रिय राजनीतिको उत्तरार्धमा छन्।
उत्तर्राधमा यसकारण कि अब नेपाल अदालतबाट भ्रष्टाचारी ठहर होउन कि सफाइ पाउन। तर, सक्रिय राजनीति उनका लागि टाढाको विषय बनेको छ।
पतञ्जली योगपिठलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न दिनुका साथै तत्कालै विक्री गर्न दिने १२ वर्ष अघिको उनी नेतृत्वको मन्त्रिपरिषद् बैठकको निर्णय अहिले आएर अभिसाप बनेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः सांसद पदबाट निलम्बन भएका छन्। अब उनले पार्टी नेतृत्व पनि कार्यबाहकका रुपमा अरुलाई दिनुपर्ने हो। तर, नेपालले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक दिन सकेका छैनन्।
कारण हो, पार्टीमा पहिरो जाने भय। त्यही भएर उनले कार्यवाहकको जिम्मेवारी दिन नसकेका हुन्। अख्तियारले गत बिहीबार मुद्दा दायर गर्दा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे सहितका नेताहरुले राजनीतिक प्रतिशोध साधिएको मात्र भनेनन् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै प्रश्न उठाए। तर, त्यही दिन बिबिसि नेपाली सेवासँग कुरा गरेका सम्मानित नेता झलनाथ खनालको ठिक उल्टो प्रतिक्रिया आयो। खनालले संवैधानिक निकायले गरेको काममाथि प्रश्न उठान नमिल्ने बताइदिए। खासमा एकीकृत समाजवादीमा दुई गुट छ। खनाल पछिल्लो पटक एमालेतिर ढल्किएका छन्। एमालेमा समावेश हुनुपर्ने मतमा रहेका खनालको यो अभिव्यक्तिले नेपाल झनै डराएका हुन्। किनकी अहिले वरिष्ठ उपाध्यक्षका हैसियतले पाण्डेले कार्यवाहकको जिम्मेवारी त पाउछन् नै। तर, उनलाई एउटा समूहले स्वीकार गर्दैन। माधवको मुद्दा के हुन्छ त्यो अदालतबाट छिनोफानो होला। तर, त्यसअघि पार्टी विभाजन हुनसक्ने भय पनि छ। ०७८ भदौ२ गते नेपालले एमाले विभाजित गर्दै आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरेका थिए। एकीकृत समाजवादी १० सिट सहित प्रतिनिधिसभामा छ। उपाध्यक्षमा पराजित भएपछि रामकुमारी झाँक्री, रामचन्द्र झा र केशवलाल श्रेष्ठ, उपमहासचिवमा पराजित अमरबहादुर थापा, जीवनराम श्रेष्ठ लगायतका नेताहरू अहिले पार्टीमा असन्तुष्ट छन् । त्यस्तै, प्रेम आलेले त नेतृत्व माथि धावा बोलिरहेका छन्।




.gif)





