images

२०८३ आश्विन १८ गते

images
images
images

कान्तिलोकपथ सडक पूर्ण रुपमा सञ्चालन

कान्तिलोकपथ सडक पूर्ण रुपमा सञ्चालन

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ ।    मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा खोलामा बेलीब्रिज निर्माणको काम सकिएपछि आज बिहान ११ बजेदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

    images
    images

    बगुवा खोलामा बेलीब्रिज निर्माण गर्नुपर्ने भन्दै यही जेठ २१ गतेदेखि सो सडक पूर्ण रुपमा बन्द गरिएको थियो । खोलामा बेलीब्रिज निर्माणको काम सकिएकाले सडक पूर्ण रुपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले सो सडक खण्डमा पर्ने बगुवा पुलको बेलीब्रिजको पहुँच मार्ग बगाएपछि डाइर्भसन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएका थिए । यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–हुमाने सडक पनि यही जेठ २१ गतेदेखि सञ्चालनमा आइसकेको छ ।  

    सो सडकअन्तर्गत फाखेल महालक्ष्मी खोलादेखि हुमानेसम्म सडक कालोपत्र सकिएपछि सडक सञ्चालनमा आएको हो । सडक कालोपत्र गर्ने भन्दै जेठ २ गतेदेखि सडक बन्द गरिएको थियो । सो सडकमा कालोपत्र तथा केही खण्डमा ढलानको कामसमेत सम्पन्न भइसकेकाले सडक सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर सुजन भण्डारीले जानकारी दिनुभयो । उक्त सडकको केही भागमा कालोपत्रलगायत काम अझै जारी रहेको उहाँले बताउनुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend