images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध...

सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन तयारी शुरू

सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन तयारी शुरू

images
images
शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • काठमाण्डाै – सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने विषय उल्लेख गरेको थियो ।स्वास्थ्य बीमा ऐन–२०७४ मा भएको व्यवस्था अनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागू गराउन मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारीसमेत थाल्नुभएको छ । उहाँले सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभाग, प्रदेश सरकारलगायतमा पहल थाल्ने निर्णय गर्नुभएको छ ।

    images
    images

    यस्तै सबै पालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पहल गर्ने निर्णय भएको छ । मन्त्रालयले सरकारी कर्मचारीका साथै सङ्गठित क्षेत्रका कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने योजना बनाएको छ ।मन्त्रालयले पत्राचारका साथै आवश्यक थप व्यवस्था गर्ने गरी तयारीलाई अघि बढाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा ऐनमा भए पनि लागू नभएको व्यवस्था कार्यान्वयनमा गए यसले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान दिने बताउनुभएको छ । राष्ट्र सेवक सबै स्वास्थ्य बीमामा आबद्ध भएमा बीमा कार्यक्रम निकै व्यवस्थित हुने उहाँको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend