images

२०८३ आश्विन १८ गते

images
images
images

दश महिनामा ८९ हजार पोलिसी सरेन्डर

दश महिनामा ८९ हजार पोलिसी सरेन्डर

images
images
शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • काठमाडौँ । दश महिनाको अवधिमा झन्डै ८९ हजार पोलिसी सरेन्डर भएको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ८८ हजार ६३५ बीमालेख सरेन्डर गरिएको हो । यो अवधिमा १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यो अवधिमा भएको सरेन्डरको सङ्ख्या अघिल्लो वर्षको तुलनामा सामान्य कम हो । अघिल्लो वर्ष ८९ हजार ७७ पोलिसी सरेन्डर भएको थियो ।

    images
    images

    तर, यो वर्षको सरेन्डर रकम अघिल्लो वर्षभन्दा ११ दशमलव ७० अङ्कले बढी हो । अघिल्लो वर्ष १० अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको थियो । यो अवधिसम्म १२ लाख ५४ हजार ४७८ वटा बीमालेख व्यतित भएको छ । उक्त व्यतित जीवनबीमाको कुल रकम ३६ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको प्राधिकरणको तथ्याङ्क छ । 

    यो अवधिसम्म ५६ लाख ४७ हजार ९०९ वटा बीमालेख कायम रहेको छ । त्यसमध्ये सबैभन्दा धेरै लघुबीमा रहेका छन् । यसको सङ्ख्या ३६ लाख भन्दा धेरै छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend