images

२०८३ आश्विन १८ गते

images
images
images

नेपाल बीमा प्राधिकरणमा इजलास सञ्चालन

नेपाल बीमा प्राधिकरणमा इजलास सञ्चालन

images
images
बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • काठमाडौं– नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलास सञ्चालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजुरीहरू शीघ्रताका साथ फछर्यौट गर्दै जाने प्रतिबद्धता जनाए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलास सञ्चालनमा ल्याइएको हो ।

    images
    images

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका सञ्चालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजलास बसेको छ ।

    प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरी माथि इजलासमा पक्ष तथा विपक्षका कानून व्यवसायीहरूबाट बहस भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend