images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • एम्बार्क कलेजका सीईओ “सर्वोत्कृष्ट युवा तथा...

एम्बार्क कलेजका सीईओ “सर्वोत्कृष्ट युवा तथा सीप विकास शिक्षा सीईओ २०२५ (नेपाल)” द्वारा सम्मानित

एम्बार्क कलेजका सीईओ “सर्वोत्कृष्ट युवा तथा सीप विकास शिक्षा सीईओ २०२५ (नेपाल)” द्वारा सम्मानित

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • ललितपुरः एम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ श्री आशिष ठाकुरलाई प्रतिष्ठित ग्लोबल सीईओ एक्सिलेन्स अवाड्र्स, सीईओ रिभ्युद्वारा “सर्वोत्कृष्ट युवा तथा सीप विकास शिक्षा सीईओ २०२५ (नेपाल)” को रूपमा सम्मानित भएका छन । यो सम्मानले नेपालको शिक्षा र जनशक्ती विकासमा दूरदर्शी नेतृत्व र प्रभावशाली योगदानलाई कदर गरेकोछ ।

    images
    images

    ठाकुरको नेतृत्वमा, एम्बार्क कलेजले प्रयोगात्मक, सीपमा आधारित शिक्षाको केन्द्रको रूपमा आफूलाई द्रुत गतिमा स्थापित गरेको छ । युनिभर्सिटी अफ रोहेम्प्टन (बेलायत) सँगको साझेदारीमा, कलेजले विज्ञान स्नातक (बिजनेस म्यानेजमेन्ट) र एम बी ए कार्यक्रमहरू संचालन गरेको छ जसले शैक्षिक सतिकतालाई व्यावहारिक शिक्षासँग एकीकृत गर्दछ । शिक्षाविद र उद्योगबीचको सम्बन्धलाई जोड्ने उद्देश्यको कडीकोरुपमा वहाँले एम्बार्क बिजनेस इन्क्युबेशन सेन्टर स्थापना गर्नेे जस्ता पहलहरूलाई जन्म दिएको छ, जसले विद्यार्थी–नेतृत्वका स्टार्टअपहरूलाई हौसला प्रदान गर्दछ साथै एम्बार्क रिसर्च नेटवर्कले, जसले भर्खरै नेपालमा दिगोपन र वित्तीय समावेशीकरणलाई समेटेर एउटा महत्वपूर्ण पुस्तक पनि प्रकाशित गरेको छ ।

    यस सम्मान पछि श्री ठाकुरले भने  “यो सम्मान हाम्रा विद्यार्थीहरू, प्राध्यापकहरू र साझेदारहरूको सामूहिक प्रयासको प्रतिबिम्व हो जसले जीवन परिवर्तन गर्न सीप र नवीनताको शक्तिमा विश्वास गर्छन्,” संगै ठाकुरले भने “एम्बार्कमा, हामी नेपालको भविष्यलाई आकार दिने नैतिकवान् तथा उद्यमशील नेतृत्वहरूको उत्पादन एवं क्षपोषण गर्न प्रतिबद्ध छौं ।” 

    images
    images

    एम्बार्क कलेजले विद्यार्थी र प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान, र व्यावसायिक विकास कार्यक्रमहरू सहज बनाउन भर्खरै सिंगापुरको एभेन्टिस ग्राजुएट स्कूल, बंगलादेशको ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटीसँग एमओयू (समझदारी पत्र) मा हस्ताक्षर गरेको छ । जसले भविश्यमा यस एम्बार्क कलेजले शैक्षिक सहकार्यहरू मार्फत् आफ्नो विश्वव्यापी पहुँच विस्तार गर्न पनि योगदान गर्नेछ ।

    एम्बार्क कलेज, गोल्छा ग्रुप र ग्लोकलको संयुक्त पहलमा स्थापित, विश्व–स्तरीय व्यापार र व्यवस्थापन शिक्षा प्रदान गर्न समर्पित नेपालको भविष्य–उन्मुख उच्च शिक्षण संस्था हो । युनिभर्सिटी अफ रोहेम्प्टन (बेलायत) सँगको सहकार्यमा, एम्बार्कले विज्ञान स्नातक (बिजनेस म्यानेजमेन्ट) र मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) डिग्रीहरू संचालन गर्दछ र अत्याधुनिक पाठ्यक्रम, प्रयोगात्मक शिक्षा, र बलियो प्लेसमेन्टलाई समर्थन एवं एकीकृत सहयोग गर्नेछ । नेपालको सामाजिक–आर्थिक प्रगतिलाई अगाडि बढाउन नैतिकवान नेताहरू, उद्यमीहरू एवं आविष्कारकहरू उत्पादन गर्नु कलेजको लक्ष्य रहेको छ ।

    सीईओ रिभ्यु एक विश्वव्यापी मञ्च हो जसले आफ्नो वार्षिक ग्लोबल सीईओ एक्सिलेन्स अवाड्र्स मार्फत उद्योगहरूमा नेतृत्व उत्कृष्टताको कदर गर्दछ । यी पुरस्कारहरूले आफ्नो सम्बन्धित क्षेत्रमा असाधारण दूरदृष्टि, नवीनता र प्रभाव प्रदर्शन गर्ने व्यक्तिहरूलाई सम्मान गर्दछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend