images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब २०...

यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब २० लाख सर्वसाधारण प्रभावित हुनसक्ने

यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब २० लाख सर्वसाधारण प्रभावित हुनसक्ने

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब २० लाख सर्वसाधारण प्रभावित हुनसक्ने आकलन गरेको छ ।मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले यस वर्ष सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण रहेकोले करिब २० लाख सर्वसाधारण सर्वसाधारण प्रभावित हुन आकलन रहेको जनाएको हो ।

    images
    images

    प्राधिकरणको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्‌बाट देशभर करिब ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । त्यसमध्ये २ लाख जना प्रत्यक्ष प्रभावित हुने देखिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए ।

    विपद् जोखिम न्युनीकरणका लागि मनसुन सुरु हुने बित्तिकै केन्द्रदेखि स्थानीय तहमा प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय हुने उनको भनाइ छ । केसीले खोज तथा उद्धारका लागि बेलिब्रिज, र्‍याफ्टिङ बोट र हेभी इक्यूपमेन्टसहितका सामग्रीहरु प्रयाप्त मौज्दात राखिएको बताए । मनसुन प्रतिकार्यका लागि सबै स्थानीय तहलाई सक्रिय बनाउने गरि परिपत्रसमेत जारी भइसकेको उनले जानकारी दिए ।त्यस्तै, केन्द्रीय र जिल्ला विपद् व्यवस्थापन कोषमा प्रयाप्त मौज्दातको सुनिश्चितता गरिएको प्राधिकरणले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend