images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • भारतीय बजारमा महँगियो प्याज, नेपालमा पनि...

भारतीय बजारमा महँगियो प्याज, नेपालमा पनि मूल्य उकालो लाग्दै

भारतीय बजारमा महँगियो प्याज, नेपालमा पनि मूल्य उकालो लाग्दै

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं । भारतीय बजारमा पछिल्लो दुई सातामा प्याजको मूल्य २० प्रतिशतसम्मले बढेको छ । यससँगै नेपाली बजारमा पनि प्याजको मूल्य उकालो लाग्न थालेको छ ।भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेकाले प्याजको मूल्य विगत दुई सातामा लगभग २० प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यम ‘द इकोनोमिक टाइम्स’ले उल्लेख गरेको छ ।उत्पादन र भण्डारण बढेपनि प्याज महँगो भएको छ । प्याजको अपेक्षित सरकारी खरिदले मूल्य अझै बढ्ने सम्भावना रहेको भारतीय व्यापार स्रोतहरूले बताएको उल्लेख छ ।

    images
    images

    भारतमा प्याजको मूल्य उकालो लागेसँगै नेपालमा पनि पछिल्लो केही दिनयता प्याजको मूल्यमा सामान्य वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीले देखाएको छ ।कालीमाटीको मूल्यसूचीअनुसार वैशाख २१ देखि जेठ ७ गते सम्म प्रतिकिलो औषत थोक मूल्य ३७ रुपैंयाँमा स्थिर रहेको छ । त्यसपछि केहिदिन घटेको मूल्य जेठ १९ र २० गते ३९ रुपैयाँ किलो पुगेको छ ।त्यसैगरी समितिका अनुसार जेठ १८ मा २३० मेट्रिक टन भारतीय प्याज कालीमाटीमा भित्रिएकोमा जेठ १९ मा १३९ मेट्रिक टन मात्रै भित्रिएको देखिएको छ ।

    आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले भारतीय बजारमा बढेको मूल्यले नेपालमा पनि असर गर्ने बताए । ‘भारतीय बजारमा २० प्रतिशतसम्म मूल्य बढेमा सोही अनुपातमा नेपालमा पनि मूल्य बढ्छ । हाम्रो आन्तरिक उत्पादनले मात्रै बजारको माग नधान्ने भएकाले ठूलो परिमाणमा भारतीय बजारबाट नै प्याज आयात गर्ने गरेका छौं । त्यसकारण स्रोत बजारमै मूल्य बढ्दा हामीकहाँ पनि त्यसले असर गर्छ,’ उनले भने ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा करिब २० हजार हेक्टर जमिनमा प्याज खेती हुने गरेको छ । त्यसबाट करिब साढे दुई लाख मेट्रिक टन हाराहारीमा प्याज उत्पादन हुने गरेको छ । तर, आन्तरिक उत्पादनले मात्रै माग धान्न नपुग्ने भएपछि भारतबाट आयात गर्ने गरिन्छ ।

    images
    images

    भन्सार विभागको तथ्यांकअनुसार चालु आवको पछिल्लो १० महिनामा नेपालमा ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको ८५ हजार ७८८ मेट्रिक टन प्याज आयात भएको छ । जसमध्ये भारतबाट मात्रै ३ अर्ब ६६ करोड रुपैयाँको प्याज आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend