काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्ष २०८०/८१ मा १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्म अर्थात असार मसान्तसम्ममा १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्ष २०७९/८० को सोही अवधिको तुलनामा २१.४१ प्रतिशत कम हो । यस संस्थाले अघिल्लो वर्ष २ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको उपकारको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ जम्मा रहेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी २३.७५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ २२०.०६ रुपैयाँ छ । एनपीएल २.१३ प्रतिशत कायम भएको छ ।




.gif)





