images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • +२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि...

+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै

+२ परीक्षा दिएर बसेका विद्यार्थीका लागि एक सातासम्म निःशुल्क आईटी तालिम हुँदै

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • काठमाडौँ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि लक्षित गर्दै तालिम प्रदायक संस्था ‘प्रशिक्षण’ले आगामी जुन ४ देखि सुरु हुने ‘करियर कन्क्लेभ २०२५’ मा निःशुल्क आईटी तालिम प्रदान गर्ने भएको छ ।उक्त तालिममा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रोबोटिक्स, प्रोग्रामिङ (आधारभूतदेखि मध्यम तहसम्म), इन्टरनेट अफ थिङ्स (आईओटी), वेबसाइट डेभलपमेन्ट तथा गेम डेभलपमेन्टलगायतका विषयमा सहभागीलाई तालिम प्रदान गर्न लागिएको हो ।

    images
    images

    विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा करियर बनाउन आवश्यक सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको संस्थाले जनाएको हो । तालिममा सहभागीहरूले उद्योगमै कार्यरत विज्ञ प्रशिक्षकबाट कक्षा लिने, व्यवहारिक अभ्यास गर्ने, परियोजना निर्माणमा संलग्न हुने र तालिम पूरा गरेपछि प्रमाणपत्र समेत प्राप्त गर्ने व्यवस्था रहेको छ ।

    सीमित सिट मात्र उपलब्ध हुने भएकाले इच्छुक विद्यार्थीहरूले समयमै नाम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । तालिममा सहभागी हुन इच्छुकले यो लिङ्कमा गई गुगल फर्म भर्नुपर्न पर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend