images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • एक महिना अवधीमा कुन जीवन बीमा...

एक महिना अवधीमा कुन जीवन बीमा कम्पनीले कति प्रथम बीमा शुल्क संकलन गरे ?

एक महिना अवधीमा कुन जीवन बीमा कम्पनीले कति प्रथम बीमा शुल्क संकलन गरे ?

images
images
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ को असार महिनामा अर्थात एक महिनामा जीवन बीमा कम्पनीले साढे ६ अर्ब बढी प्रथम बीमा शुल्क संकलन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधीकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधीमा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ७८ करोड १५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

    सबैभन्दा धेरै नेपाल लाइफले, कम मेट लाइफले

    images
    images

    असार महिनामा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । 

    यस्तै, यस अवधीमा मेट लाइफ इन्स्यारेन्सले सबैभन्दा कम बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले १४ करोड ८६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । 

    अन्य कुन कम्पनीको कति ? 

    नेपाल लाइफपछि दोस्रोमा सबैभन्दा धेरै बीमा शुल्क आजएन गर्ने कम्पनीमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ८९ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । 

    तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले एक महिनामा ५३ करोड ४७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

    त्यस्तै, हिमालयन लाइफले ५३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ५२ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । 

    एशियन लाइफले ४० करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी सिटिजन लाइफले ३५ करोड ९७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । 

    सानिमा रिलायन्स लाइफले ३५ करोड ४३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।आइएमई लाइफले एक महिनामा २८ करोड ४३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २६ करोड २१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । 

    यता, राष्ट्रिय जीवन बीमा कम्पनीले २५ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले २४ करोड ११ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । 

    रिलायबल नेपाल लाइफले २२ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १४ करोड ८६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend