images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • बैँकिङ प्रणालीबाट एकैदिन ७० अर्ब तान्दै...

बैँकिङ प्रणालीबाट एकैदिन ७० अर्ब तान्दै राष्ट्र बैँक

बैँकिङ प्रणालीबाट एकैदिन ७० अर्ब तान्दै राष्ट्र बैँक

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । यसअघि एकै दिन ८० अर्ब रुपैयाँ  तानेको थियो । 

    images
    images

    राष्ट्र बैँकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैँक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। सोमबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैँक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । 

    राष्ट्र बैँकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार ८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैँकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend