images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • ट्याक्सी गुडाए फुटाइदिने यातायात व्यवसायीको ...

ट्याक्सी गुडाए फुटाइदिने यातायात व्यवसायीको धम्की

ट्याक्सी गुडाए फुटाइदिने यातायात व्यवसायीको धम्की

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • सार्वजनिक यातायात व्यवसायीहरुले थालेको अनिश्चितकालीन यातायात बन्दको असर परेको छ । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति, २०८२ ले ‘राइड सेयरिङ’ को विरोधमा यातायात बन्दको घोषणा गरेपछि राजधानीका सडकमा भाडाका सवारी साधन निकै कम देखिएका छन् ।

    images
    images

    गण्डकी प्रदेश सरकारले गत वैशाख ३१ गते ‘राइड सेयरिङ’लाई भाडाका सवारी साधनको रुपमा प्रयोग गर्न ‘गण्डकी प्रदेश राइड सेयरिङ नियमावली, २०८२’ राजपत्रमा प्रकाशित गरेपछि सो कानुन रोक्न माग गर्दै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । बन्दका कारण काठमाडौँबाट बाहिर जाने सवारी साधन पूर्णरूपले बन्द छन् । नयाँ बसपार्कमा बसको काउन्टरहरू पनि बन्द गरिएको छ । काठमाडौँ उपत्यकाभित्र नगण्य मात्रामा बस तथा ट्याक्सीहरु गुडेका छन् ।

    उता ललितपुरको थसिखेल चोकमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा ट्याक्सी चालकहरुलाई धम्की दिइएको छ । राष्ट्रिय ट्याक्सी चालक महासंघका उपसचिव तथा ललितपुर जिल्ला चालक समिति अध्यक्ष शंकर अधिकारीको नेतृत्वमा आठ जनाको टोलीले सडकमा गुडेका ट्याक्सी चालकहरुलाई बन्द सफल पार्न दबाब दिएको बताइन्छ । उनीहरुले चालकलाई यात्रुलाई गन्तव्यमा पुराएपछि ग्यारेजमा गाडी राख्न आग्रह गरेको अन्यथा फुटाइदिने धम्की दिएका हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend