images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच छलफल...

सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच छलफल जारी

सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच छलफल जारी

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच छलफल जारी छ । सोमबार (जेठ १९) बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको हो ।गृहमन्त्री रमेश लेखकको पहलकदमीमा दुई पक्षबीच छलफल सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ ।

    images
    images

    गाडी ग्यारेजमा थक्याएर सार्वजनिक यातायात व्यवसायी आन्दोलनरत छन् । उनीहरूका आन्दोलनका कारण सर्वसाधारण मर्कामा परेका छन् ।

    सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभरका उक्त गाडी बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर विरोध गर्ने निर्णय गरेको थियो ।

    images
    images

    गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’का नाममा निजी प्रयोजनका निम्ति खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने गरी ल्याएको कानुन खारेज गर्नुपर्ने व्यवसायीको मुख्य माग छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend