images

२०८३ आश्विन १६ गते

images
images
images

चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका मार्फत एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका मार्फत एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • वीरगञ्जः  चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका मार्फत रु एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । 

    images
    images

    गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा रु एक अर्ब ३५ करोड रकम अर्थात ०.८६ प्रतिशतले गिरावट आएको हो।

    गत आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताए। 

    images
    images

    चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ  आयातबाट कार्यालयले रु ६४ अर्ब ५० करोड रकम राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट रु ५८ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०.३१ प्रतिशतले वृद्धि भएको हो ।
    वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा रु ८३ अर्ब ४७ करोड मूल्यपर्ने आठ लाख १३ हजार ८४६ किलोलिटर डिजेल आयात भएको छ । 

    कार्यालयका अनुसार चालु आवमा डिजेल आयात वापत कार्यालयले रु ३५ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा रु ३२ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको थियो ।

    चालु आवको १० महिनामा रु ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी गत आवको १० महिनामा रु ३२ अर्ब ६० करोड मूल्य पर्ने तीन लाख २६ हजार ३८७ किलोलिटर पेट्रोलको आयात भएको थियो । 

    चालु आवको १० महिनामा पेट्रोल आयातबाट कार्यालयले २० अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा रु १८ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै चालु आवको १० महिनामा रु ३० अर्ब २८ करोड मूल्य पर्ने रु २६ करोड ४१ लाख सात हजार ५४८ किलोग्राम एलपीजी ग्याँस आयात भएको छ ।

    जबकी गत आवको सोही अवधिमा रु २५ अर्ब १९ करोड मूल्य पर्ने २३ करोड ५५ लाख ४५ हजार ७४० किलोग्राम एलपीजी ग्याँस आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा एलपी ग्याँस आयात वापत रु पाँच अर्ब ६७ करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा एलपीजी ग्याँस आयातबाट रु चार अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो ।

    वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा रु १३ अर्ब ८८ करोड मूल्य पर्ने एक लाख ५३ हजार १९२ किलोलिटर एटिएफ आयात भएको छ । जबकी गत आवको १० सोही अवधिमा रु १५ अर्ब ४७ करोड मूल्य पर्ने एक लाख ४५ हजार ३३६ किलोलिटर एटिएफ आयात भएको थियो ।

    कार्यालयले चालु आवको १० महिनामा एटिएफ आयात वापत रु दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा रु दुई अर्ब २२ करोड राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै  चालु आवको १० महिनामा रु ५५ करोड मूल्य पर्ने छ हजार १३० किलोलिटर मट्टितेल आयात भएको छ । 

    जबकी गत आवको सोही अवधिमा ५६ करोड मूल्य पर्ने पाँच हजार ३६० किलोलिटर मट्टितेल आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा मट्टितेल आयातबाट रु १५ करोड राजस्व सङ्कलन गर्‍यो भने गत आवको सोही अवधिमा पनि १५ करोड नै राजस्व सङ्कलन गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend