images

२०८३ आश्विन २६ गते

images
images
images

बचतकर्ताको रकम हिनामिना गर्ने कर्णाली बैँकका अधिकृत पक्राउ

बचतकर्ताको रकम हिनामिना गर्ने कर्णाली बैँकका अधिकृत पक्राउ

images
images
आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • काठमाडौँ  । कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको हो ।  

    images
    images

    प्रहरीका अनुसार अनुसार पटक–पटक सञ्चालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको रु दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार थिए । सल्यान घर भई हाल नेपालगन्जमा उपमहानगरपालिका–१० बस्ने ६५ वर्षे राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

    रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैँकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend