images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • आज राजावादीहरुले माइतीघर क्षेत्रमा प्रदर्शन...

आज राजावादीहरुले माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

आज राजावादीहरुले माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

images
images
आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समूहले आज पनि प्रदर्शन गर्ने भएका छन ।

    images
    images

    आज राजधानीको माइतीघर क्षेत्रमा शान्तिपूर्ण ब्यानर प्रदर्शन गर्ने बताइएको छ । आज आन्दोलनको चौथो दिन हो । शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समूहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए ।

    राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन शुुरू गरेका छन् । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आफूहरूको लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।समितिका संयोजक नवराज सुवेदीले शनिबार बेलुका भिडियो सन्देश जारी गर्दै आन्दोलन प्रति जनसमर्थन बढ्दै गएको उल्लेख गर्दै लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । उनले आन्दोलनमा काठमाडौंबासीले साथ दिएको भन्दै आफूहरु उत्साहित भएको बताएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend