images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो,कहाँ कति पर्छ...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो,कहाँ कति पर्छ ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो,कहाँ कति पर्छ ?

images
images
आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    images
    images

    इण्डियन आयल कर्पोरेशनले जेठ १७ गते पठाएको मूल्यसूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १ रुपैयाँले रुपैयाँले बढाएको छ ।

    यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँले र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रतिकिलो लिटर अमेरिकी डलर २२ ले घटाईएको निगमले जनाएको छ। 

    images
    images

    यसैगरी हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि द्यचभबप भ्खभल एयष्लत मा बिक्री मूल्य कायम गरिएको छ । साथै, एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार नयाँ मूल्य आइतबार बिहान १ बजेदेखि लागू हुनेछ । 

    मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेल–मट्टितेलको भाउ १४०.५० रुपैयाँ रहेको छ । 

    यसैगरी, दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङ्गमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ र डिजेल–मट्टितेल १४०.५० रुपैयाँ रहेको छ । त्यस्तै, तेस्रो वर्ग अन्तर्गत काठमाडौँ,  पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल–मट्टितेल १४३ रुपैयाँ रहेको छ । note.JPG

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend