images

२०८३ आश्विन २० गते

images
images
images

वीरगञ्ज भन्सार नाकाहुदैँ आउने चार पाँग्रे सवारीसाधनको आयात घट्यो

वीरगञ्ज भन्सार नाकाहुदैँ आउने चार पाँग्रे सवारीसाधनको आयात घट्यो

images
images
शनिवार, जेठ १७ २०८२
शनिवार, जेठ १७ २०८२
  • वीरगञ्ज (पर्सा) वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पाँग्रे सवारीसाधनको आयात ह्वातै घटेको छ। चालु आवको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने सात सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन्। 
    जबकी आव २०८०।८१ को वैशाख मसान्तसम्मको अवधिमा भने दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जीप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगञ्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताउछन् ।

    images
    images

    इन्धनबाट चल्ने चार पाँग्रे सवारीसाधनको आयात घटे सँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ। चालु आवको १० महिनामा इन्धनबाट चल्ने चार पाँग्रे सवारीसाधनबाट चार अर्ब तीन करोड राजस्व संकलन भएको छ । तर, गत आवको सोही अवधिमा भने चार अर्ब ३९ करोड राजस्व संकलन भएको थियो । 

    चालु आवको १० महिनामा ट्रक, मिनि ट्रकको आयात पनि खुम्चिएको छ । सो अवधिमा ५३ करोड मूल्यका २३१ वटा ट्रक, मिनिट्रक आयात भएका छन् । जबकी गत आवको सोही अवधिमा भने दुई अर्ब १२ करोड मूल्य पर्ने ७६४ वटा ट्रक तथा मिनि ट्रक आयात भएको थियो । 

    images
    images

    चालु आवको १० महिनामा विद्युत्बाट चल्ने जीप, कार र भ्यानको आयातमा पनि उच्च गिरावट देखिएको छ । सो अवधिमा ४२ करोड मूल्य पर्ने १७४ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ । जबकी गत आवको १० महिनामा भने ९५ करोड मूल्यका ४४८ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ । 

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २६ थरिका साना÷ठूला सवारीसाधन गरेर १८ अर्ब ५२ करोड मूल्यका दुई करोड १४ लाख ७५ हजार ४७१ वटा  सवारीसाधन आयात भएका छन् । 

    ती सवारीसाधन आयात हुँदा कार्यालयले भने १५ अर्ब २४ करोड राजस्व संकलन गरेको छ । कार्यालयले गत आवको वैशाख मसान्तसम्मको अवधिमा १७ अर्ब ५ करोड मूल्यका २६ थरिका दुई करोड ७० लाख २२ हजार दुई सय २२ वटा सानाठूला सवारीसाधन आयात भएका छन् । ती सवारीसाधनको आयातबाट कार्यालयले १३ अर्ब ४४ करोड राजस्व संकलन गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend