images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • हेल्मेटको भन्सार २० प्रतिशतले ...

हेल्मेटको भन्सार २० प्रतिशतले बढ्यो

हेल्मेटको भन्सार २० प्रतिशतले बढ्यो

images
images
शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • काठमाडौं । मोटरसाइकल, स्कुटर प्रयोगकर्ता वा निर्माण क्षेत्रमा काम गर्ने जनशक्तिले प्रयोग गर्ने हेल्मेटमा लाग्दै आएको भन्सार बढेको छ । यसअघि हेल्मेटमा १५ प्रतिशत भन्सार लाग्दै आएकोमा अब २० प्रतिशत लाग्ने आर्थिक विधेयकमा उल्लेख छ ।

    images
    images

    तर, पर्यटन विभागको सिफारिसमा जलयात्राको व्यवसाय गर्ने राफ्टिङ सेवा सञ्चालन गर्ने व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनका लागि १ सय थान यस्तो हेल्मेट पहिलोपटक आयात गर्दा भने ५ प्रतिशत मात्रै भन्सार महसुल लिने व्यवस्था पनि आर्थिक विधेयकमा गरिएको छ ।

    चालू आर्थिक वर्षको १० महिनामा ६७ करोड ३९ लाख रुपैयाँका हेल्मेट आयात भएको छ । यस अवधिमा ६१ लाख ९१ हजार थान हेल्मेट आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यसमध्ये ४५ लाख ५५ हजार हेल्मेट भारतबाट आयात भएका हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend