images

२०८३ आश्विन १८ गते

images
images
images

एन प्याब्सनले दियो शिक्षिकाहरूलाई तालिम

एन प्याब्सनले दियो शिक्षिकाहरूलाई तालिम

images
images
शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • काठमाडौँ । एन प्याब्सन काठमाडौँ जिल्ला समितिले शिक्षकहरूलाई तालिम दिएको छ । काठमाडौँका ४० विद्यालयका ३२७ जना शिक्षिकाहरूलाई तालिम दिएको हो।  पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। 

    images
    images

    नेसनल प्याब्सनकी संस्थापक अध्यक्ष तथा संविधान सभाकी सदस्य गीता क्षेत्री राणाको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समितिका पूर्व अध्यक्ष रितुराज सापकोटा, वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, महासचिव प्रतापबहादुर थापा, उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष धर्मराज रेग्मी, टेक्सास कलेजका प्राचार्य श्यामसुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक नारायण पोखरेल, प्रशिक्षक अशोककुमार दाहाल लगायतको उपस्थिति रहेको थियो। 

    तालिममा शिक्षण–सिकाइ विधि, माइक्रो टिचिङ र टिचर मोटिभेसनल वर्कशप सञ्चालन गरिएको थियो। तालिमबारे जानकारी दिँदै जिल्ला समिति अध्यक्ष होमबहादुर अधिकारी (मनोज) ले प्रारम्भिक तहका बालबालिकालाई लक्षित गरेर प्रभावकारी शिक्षण विधिको अभ्यास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend