काठमाडौं । युवापुस्ताका चर्चित गायक एकदेव लिम्बुको पछिल्लो गीत ‘झिमझिमाउने आँखा’ले युट्युबमा लोभलाग्दो सफलता प्राप्त गरिरहेको छ ।रिलिजको ४ दिनमै युट्युब म्युजिकको ग्लोबल चार्ट्समा समावेश यो गीत स्पोटीफाईमा ‘भारतका ५० भाइरल गीत’को सूचीमा पनि समेटिएको थियो ।
यो गीतले विहीबार बेलुका युट्युबमा ३ करोडको महत्वपूर्ण आँकडा पार गरेको छ । भारतको चर्चित रियालिटी शो ‘स्प्लिट्सभिल्ला’की प्रतिस्पर्धी दिकिला शेर्पा र चर्चित नेपाली अभिनेत्री उपासनासिंह ठकुरीसहित गायक लिम्बु स्वयम गीतमा फिचर्ड छन् ।भिडियोको कास्टको कारण पनि यो गीतको भिडियोले निकै चर्चा पायो । गीतको कम्पोज मात्र होइन, कोरियोग्राफी पनि आकर्षक छ । यो गीत हिट भएलगत्तै दिकिलाले नेपाली फिल्म ‘कुस्ती’मा पनि डेब्यु गरेकी थिइन् ।
९ करोड नाघ्यो ‘दुश्मन हेरेको हेर्यै’
ग्लोबल ट्रेन्डिङपछि पनि दुर्गेश थापाको बहुचर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’ले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । विहिबार बेलुकासम्म यो गीतलाई ९ करोडभन्दा धेरै पटक हेरिएको छ ।भ्यूजको यही गति कायम रहे केही सातामै यसले १० करोड भ्यूजको आँकडा पार गर्ने प्रक्षेपण छ ।




.gif)





