images

२०८३ आश्विन २० गते

images
images
images

बंगलादेशले आगामी हप्ता बजेट सार्वजनिक गर्ने

बंगलादेशले आगामी हप्ता बजेट सार्वजनिक गर्ने

images
images
शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • ढाका । बङ्गलादेशको अन्तरिम सरकारले आगामी जुलाईदेखि सुरु हुने आर्थिक वर्ष २०२५/२६ का लागि ७.९० ट्रिलियन टाका (करिब ६५ अर्ब अमेरिकी डलर) को राष्ट्रिय बजेट सार्वजनिक गर्ने भएको छ।अन्तरिम सरकारका आर्थिक सल्लाहकार सालेहुद्दीन अहमदले आगामी जुन २ मा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    images
    images

    संसद् नचलेको (नरहेको) अवस्थामा बजेट राष्ट्रपतिको कार्यकारी आदेशमा सरकारका आर्थिक सल्लाहाकारद्वारा टेलिभिजनबाट प्रत्यक्ष सम्बोधनमार्फत जारी गरिनेछ ।मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम प्रशासनअन्तर्गत प्रस्तुत गरिएको यो पहिलो राष्ट्रिय बजेट हो ।

    राष्ट्रिय बजेटमा उल्लिखित प्रमुख आर्थिक लक्ष्यहरूमा मुद्रास्फीतिलाई ६.५ प्रतिशतमा झार्ने र वित्तीय घाटालाई कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतभन्दा कम राख्ने लक्ष्य लिइएको छ ।

    images
    images

    आर्थिक वर्ष २०२५/२६ का लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर ५.५ प्रतिशत कायम गरिएको छ, जसले विश्वव्यापी र घरेलु आर्थिक अनिश्चितताका बीच सतर्क आशावादलाई प्रतिबिम्बित गर्दछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend