images

२०८३ आश्विन २० गते

images
images
images

यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय

यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय

images
images
शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार वटा मन्त्रालयलाई एक खर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ। बिहीबार सार्वजनिक गरिएको बजेट विवरणअनुसार सबैभन्दा ठूलो हिस्सा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ।

    images
    images

    शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ, जुन शिक्षक तथा कर्मचारीको तलब, विद्यार्थीका लागि दिवा खाजा, र विभिन्न शैक्षिक संस्थानहरूको खर्चका लागि प्रयोग गरिनेछ। त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट छुट्याइएको छ। यो बजेट देशभर सञ्चालनमा रहेका भौतिक पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू कार्यान्वयन गर्नका लागि विनियोजन गरिएको हो।

    सहरी विकास मन्त्रालयका लागि आगामी वर्षको बजेटमा १ खर्ब १८ अर्ब ३४ करोड छुट्याइएको छ।

    images
    images

    यस्तै, गृह मन्त्रालयले २ खर्ब ८ अर्ब ६२ करोड बजेट पाएको छ, जुन सुरक्षा, प्रशासन तथा मन्त्रालयका विभिन्न सञ्चालनगत गतिविधिका लागि खर्च गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend