images

२०८३ आश्विन २० गते

images
images
images
  • अर्थतन्त्र
  • उपत्यकामा खानेपानी वितरण केन्द्र विस्तार गर्न...

उपत्यकामा खानेपानी वितरण केन्द्र विस्तार गर्न ६ अर्ब ३७ करोड विनियोजन

उपत्यकामा खानेपानी वितरण केन्द्र विस्तार गर्न ६ अर्ब ३७ करोड विनियोजन

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा खानेपानी वितरण केन्द्र विस्तार गर्न ६ अर्ब ३७ करोड रुपैयाँ विनियोजन गरेको छ।

    images
    images

    बिहीबार संसद्‍मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उपत्यका खानेपानीलाई एकीकृत गरिने उल्लेख गरे।

    त्यस्तै जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गरिने घोषणा गरेको सरकारले एक घर, एक धारा कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख गरेको छ। 

    images
    images

    जलवायु अनुकूलित खानेपानी आयोजनाअन्तर्गत ३ अर्ब विनयोजन गरेको जानकारी गराउँदै अर्थमन्त्री पौडेलले लिफ्ट खानेपानी आयोजनामा ५० प्रतिशत विद्युत महसुल छुटको व्यवस्था गरेको घोषणा गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend