काठमाडौं । नेपालको कुल क्षेत्रफलमध्ये वनले ढाकेको हिस्सा ४६.०८ प्रतिशत पुगेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सवेक्षण अनुसार वन क्षेत्रले ओगटेको क्षेत्रफल ४६ प्रतिशत नाघेको हो ।
यसमध्ये ४३.३८ प्रतिशत वन र २.७० प्रतिशत झाडी तथा बुट्यान छ । वन क्षेत्रले ६३ लाख ९९ हजार ३ सय ४१ हेक्टर र झाडी बुट्यान क्षेत्रले ३ लाख ९७ हजार ९ सय १६ हेक्टर भूभाग ओगटेको छ ।




.gif)





