images

२०८३ आश्विन २० गते

images
images
images
  • अर्थतन्त्र
  • आन्तरिक विमानस्थलको पूर्वाधारमा ५० करोड, पर्यटन...

आन्तरिक विमानस्थलको पूर्वाधारमा ५० करोड, पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८

आन्तरिक विमानस्थलको पूर्वाधारमा ५० करोड, पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका लागि १३ अर्ब २८ रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आन्तरिक विमानस्थलको पूर्वाधारका लागि ५० करोड विनियोजन गरिएको बताए । उनले सुर्खेत प्रादेशिक विमानस्थललगायतका विमानस्थलमा पूर्वाधार निर्माण गरिने बताएका छन् ।

    images
    images

    यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माणका लागि ४ अर्ब १५ करोड विनियोजन गरिएको छ । विभिन्न आन्तरिक विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्नेसमेत बजेटमा व्यवस्था गरिएको छ । यस्तै नेपाली वायु सेवालाई युरोपेली संघको रेड लिस्टबाट हटाउन प्रयास गरिनेछ ।

    यस्तै पर्यटकीय गन्तव्यका लागि निजी क्षेत्रको सहयोग लिने सरकारको नीति रहेको छ । पर्यटकीय क्षेत्रमा सरकारी वनको जग्गा लिजमा दिइने र पर्यटन पवर्द्धनका गरिने अर्थमन्त्रीले बताएका छन् । यस्तै पदयात्रका लागि गन्त्वय पहिचान, पर्यापर्यटन प्रवर्द्धन, पर्यटन क्षेत्रका मजुदरका लागि कानुनी व्यवस्था गरिनेछ । लम्बिनीको विकासका लागि वृहत लुम्बिनी गुरुयोजना निर्माण गरिनेछ ।कर्णाली, भेरी, कोसीलगायतका नदीमा र्‍याफ्टिङ सञ्चालन गरिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend