images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • नवलपरासीमा व्यावसायिक ड्रागनखेती तर्फ आकर्षित...

नवलपरासीमा व्यावसायिक ड्रागनखेती तर्फ आकर्षित हुँदै किसान

नवलपरासीमा व्यावसायिक ड्रागनखेती तर्फ आकर्षित हुँदै किसान

images
images
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • काठमाडौँ। बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् ।

    images
    images

    वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहनुभएका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रुपमा ड्रागन खेती सुरु गर्नुभएको छ । भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेतीसम्बन्धी तालिम लिएको भन्दै तीन वर्षदेखि आर्गानिक ड्रागनखेती गर्न थाल्नु भएको हो।

    रु सात लाखको लागतमा छ कठ्ठा जग्गामा तीन सय पिल्लरमा एक हजार दुई सय ड्रागनका बोट लगाएको बताउँदै सुरुका वर्षमा खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले नोक्सानी भएको मौर्यले जानकारी दिनुभयो । यस वर्ष  बजारीकरणमा कुनै समस्या आएन भने रु सात लाख बराबरको ड्रागन बिक्री गर्ने लक्ष्य रहेको छ  ।

    images
    images

    जिल्लामा सातजना किसानले व्यावसायिक रुपमा ड्रागन खेती गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न थालेका छन्  । बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत स्थानमा पठाउन केन्द्रले सहजीकरण गर्ने छ  ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend