images

२०८३ आश्विन १९ गते

images
images
images
  • कला / संस्कृति
  • बाइसाैं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव...

बाइसाैं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु

बाइसाैं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • २२औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। महोत्सव उद्घाटन समारोहमा जेरेमी पावर रेगेम्बलद्वारा निर्देशित ‘बिटविन द माउन्टेन एन्ड द स्काई’ प्रदर्शन गरिएको थियो। सिएनएन हिरो जितेकी समाजसेवी म्यागी डोयनको जीवनकथामा आधारित यो डकुमेन्ट्री अमेरिकामा प्रदर्शन भइरहेको छ। यो डकुमेन्ट्री किम्फको पहलमा पहिलोपटक नेपालमा पनि प्रदर्शन हुँदै छ।पाँचदिने महोत्सवमा ३० देशबाट ६५ भन्दा बढी चलचित्र ठमेलस्थित क्युएफएक्स छाया सेन्टर, एस्ट्रेक हल र जीएए हलमा एकसाथ प्रदर्शन हुनेछ। ‘हामी यी चलचित्र मार्फत फरक संस्कृति एक ठाउँमा ल्याएर आपसमा जोड्न चाहन्छौं’, किम्फ फाउन्डेसनकी अध्यक्ष रम्यता लिम्बूले उद्घाटन कार्यक्रममा भनिन्।

    images
    images

    चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसीले बोर्डको प्रतिबद्धता व्यक्त गर्दै किम्फ चलचित्र संस्कृति आदानप्रदानको माध्यम बनेको बताए। कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाको पनि उपस्थिति थियो। उनले चलचित्र महोत्सवको महत्त्वबारे प्रकाश पार्दै नेपाली चलचित्र उद्योगको समग्र विकासमा किम्फले सहयोग पुर्‍याउने बताइन्।उद्घाटनअघि काठमाडौं डक ल्याबअन्तर्गत दक्षिण एसियाका नौ वृत्तचित्रको प्रत्यक्ष पिचिङ सेसन सम्पन्न भएको छ। यी नौ वृत्तचित्रमध्ये उत्कृष्ट तीन छान्ने जिम्मेवारी निर्देशक तथा उद्यमी भास्कर ढुंगाना, अलायन्स फ्राँसेस काठमाडौंकी लुसी डे बारोस, कथाहरूकी कार्यकारी निर्देशक स्मृति बस्नेत र निर्देशक टिन डिर्डामलसहितको निर्णायक टोलीले लिएको छ।

    यसमा डक ल्याबका प्रशिक्षक क्यानडाकी चलचित्रकर्मी अनाम अब्बास, भुटानी निर्देशक अरूण भट्टराई र भारतीय चलचित्रकर्मी रिन्तु थोमसले पनि मूल्यांकनमा सहयोग पुर्‍याउने छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend