images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • दश महिनामा निर्जीवन बीमकले गरे ३५...

दश महिनामा निर्जीवन बीमकले गरे ३५ अर्बको व्यापार

दश महिनामा निर्जीवन बीमकले गरे ३५ अर्बको व्यापार

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा निर्जीवन बीमकहरुले ३५ अर्ब ९ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले २३ लाख ५८ हजार ५११ वटा बीमालेख जारी गरेर ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ६.७६ प्रतिशतले बढेको हो । 

    images
    images

    यस अवधिमा १० वटा बीमकको व्यापार बढेको छ भने ४ वटा बीमकको घटेको छ। यो अवधिसम्म शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले ओरिएन्टल इन्स्योरेन्स अगाडि रहेको छ।चालु आर्थिक वर्षको वैशाखसम्म शिखर इन्स्योरेन्सले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ३.१० प्रतिशतले बढेको छ।

    दोस्रो धेरै व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले चालु आर्थिक वर्षको वैशाखसम्म ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सिद्धार्थ प्रिमियर तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यसैगरी चालु आर्थिक वर्षको वैशाखसम्म हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ अर्ब ८ करोड १८ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २ करोड ३७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड २३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४२ करोड ४३ लाखरुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। वैशाखसम्ममा युनाइटेड अजोडले २ अर्ब ९ करोड २६ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। 

    images
    images

    समीक्षा अनुसार प्रभु इन्स्योरेन्सले १ अर्ब ४३ करोड ४५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १६ करोड ३७ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ९२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend