images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • १० महिनामा ७४ करोड २७ लाखको...

१० महिनामा ७४ करोड २७ लाखको अनार आयात

१० महिनामा ७४ करोड २७ लाखको अनार आयात

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) सम्ममा ७४ करोड रुपैयाँ बढीको अनार आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा ७४ करोड २७ लाख ६८ हजार रुपैयाँ बराबरको ६६ लाख ३ हजार १ सय १८ किलो अनार आयात भएको हो ।

    images
    images

     परिमाणको अनार आयात हुँदा सरकारले १४ करोड २१ लाख ३४ हजार बराबर राजस्व संकलन गरेको छ । यस्तै गत आव २०८०/८१ को १० महिनामा १ अर्ब ३ करोड ६६ लाख ५४ हजार रुपैयाँको ८९ लाख २८ हजार ३ सय ६२ किलो अनार आयात भएको थियो ।

    उक्त परिमाणको अनार आयात हुँदा सरकारले १४ करोड ६६ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आव १० महिनामा गत आव सोही अवधिको तुलनामा अनार आयात घटेको देखिन्छ । तथ्यांक अनुसार भारत र चीनबाट अनार आयात भएको छ । सबैभन्दा धेरै परिमाणमा अनार भारतबाटै आयात भएको छ ।

    images
    images

    बजारमा महँगो मूल्यमा अनार किनबेच हुने गर्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अहिले बजारमा अनार प्रतिकिलो अधिकतम २ सय ५० र औसत ३ सय २६ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै अनारको उपभोक्ता मूल्य भने ४ सयदेखि ४ सय ५० रुपैयाँसम्म पर्ने गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend