images

२०८३ आश्विन २४ गते

images
images
images

सार्वजनिक संस्थानमा ३४ अर्ब ७४ करोड लगानी

सार्वजनिक संस्थानमा ३४ अर्ब ७४ करोड लगानी

images
images
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • काठमाडौँ।गत आर्थिक वर्षमा सरकारले सार्वजनिक संस्थानमा थप  ३४ अर्ब ७४ करोड लगानी गरेको छ।

    images
    images

    आर्थिक वर्ष २०८०र८१ मा यस्ता संस्थानमा करिब ७२ अर्ब लगानी गर्ने योजनासहित सरकारले बजेट विनियोजन गरेको थियो।

    विनियोजन गरेको बजेटको तुलनामा ४७ प्रतिशत मात्रै ऋण लगानी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

    images
    images

    त्यस्तै, संस्थानहरूमा सेयर लगानी ६ अर्ब ३९ करोड रूपैयाँ बराबरको गरिएको छ। वैदेशिक सेयर लगानी २१ करोड ६० लाख रूपैयाँ बराबरको भएको छ।

    आर्थिक वर्ष २०७९र८० मा ऋण लगानी ३२ अर्ब ६ करोड रूपैयाँ र सेयर लगानी १३ अर्ब २० करोड रूपैयाँ बराबरको गरिएको थियो।

    त्यस्तै, वैदेशिक सेयर लगानी भने २१ करोड २९ लाख रूपैयाँ बराबरको भएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend