images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • गाउँपालिकाले कृषकबाट गर्यो ११...

गाउँपालिकाले कृषकबाट गर्यो ११ लाखको आलुको बीउ खरिद

गाउँपालिकाले कृषकबाट गर्यो ११ लाखको आलुको बीउ खरिद

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण २५ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण २५ २०८१
  • काठमाडौँ। पर्वतको जलजला गाउँपालिकाले  हालै मात्र कृषकहरूबाट १० लाख मूल्य बराबरको आलुको बीउ खरिद गरेको छ। धेरै लगानी र मिहिनेत गरेर उत्पादन गरिएका कृषि उपजहरूले बजार र मूल्य नपाउँदा उत्पादनहरू बाटोमा पोखेका उदाहरण देशभरि नै छ। तर पर्वतको जलजला गाउँपालिकाले भने कृषकहरूलाई थप व्यावसायिक बनाउँदै सकेसम्म गाउँपालिकाका सबै कृषकहरूलाई उत्पादनमा जोड्ने प्रयास गरिरहेको छ।

    images
    images

    गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार बीउ आलु उत्पादन गर्ने कृषकहरूलाई सम्झौता अनुसार दुई वटा बीउ उत्पादक कृषक समूहलाई कुल १० लाख ७५ हजार चार सय ५० रुपैयाँ भुक्तान गरिएको हो। कृषकले समूहमार्फत व्यावसायिक रूपमा आलुको मूल बीउ उत्पादन गर्ने गरी गाउँपालिकाले ती समूहसँग सम्झौता गरेको थियो।

    प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको दुई हजार दुई सय ७० किलोग्राम बीउ प्रतिकिलो ३५ रुपैयाँका दरले ७९ हजार चार सय ५० तथा नमुना कृषि तथा पशुपक्षी कृषक समूह र प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको कुल ३३ हजार दुई सय किलोग्राम प्रमाणित प्रथम पुस्ताको बिउको प्रतिकिलो ३० रुपैयाँका दरले नौ लाख ९६ हजार रुपैयाँ भुक्तानी दिइएको अध्यक्ष आचार्यले बताए।

    images
    images

    उक्त बीउलाई सुरक्षित राख्नको लागि छिमेकी जिल्ला कास्कीको पोखरामा रहेको ‘कोल्ड स्टोर’ मा भण्डारण गरिएको छ। उक्त बीउ यसै वर्ष जलजला गाउँपालिकाभित्रका बीउ उत्पादक कृषक समूहहरूलाई वितरण गरिने छ।

    आलु लगाउने समयमा आलुको बीउ अभाव हुँदा कृषकहरू समस्यामा पर्ने गरेकोमा अब भने यो समस्या हट्ने  गाउँपालिकाको कृषि शाखाका प्रमुख राजु प्रसाद गौतमले बताए। गाउँपालिकाले आलु सहित अन्य उत्पादनहरूमा पनि अनुदान र प्रोत्सहानमुलक कार्यक्रमहरू सञ्चालन गरेकाले पनि कृषकहरूलाई हौसला मिलेको उनको भनाइ छ। बीउ नपाएर निराश कृषकलाई लक्षित गरी राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग सामूहिक मूल बीउ रोप्ने अभियान सञ्चालन गरिएको र गाउँपालिकाभित्र बर्सेनि आलु बिक्री गर्ने करिब ४० अगुवा कृषकहरू रहेको गौतमले जानकारी दिए।

    आलुको पकेट क्षेत्रमा एकै खालको बीउ प्रयोगमा आउँदा उत्पादनमा विविधता नआएको र गुणस्तर पनि कम भएको थियो। यसको समाधानको लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद् ९नार्क०ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको मूल बीउ लगाउन कृषकहरूसँग सम्झौता भएको हो।

    गाउँपालिकाले गत आर्थिक वर्ष ०८०र०८१ मा आलुको बीउ बिक्री गरेर २९ लाख ७१ हजार छ सय ४९ रुपैयाँ  आन्तरिक आम्दानी तर्फ राजश्व सङ्कलन गरेको थियो। उक्त राजश्व गाउँपालिकाको कुल राजश्व सङ्कलनको २२ प्रतिशत हो। जुन गाउँपालिकाको राजश्व सङ्कलनको दोस्रो ठुलो हिस्सा हो। ढुङ्गा, गिटी, बालुवा बिक्रीबाट हुने आम्दानीपछि सबैभन्दा धेरै राजश्व बिउ आलु लु बिक्रीबाट गाउँपालिकाले आम्दानी गरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend