काठमाडौं- “No Compromise को बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ, उसको शिर सधैं ठाडो हुन्छ।” यही सन्देश बोकेर शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड अभियान ‘No Compromise’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ।नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाइसकेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै ओ.पी.सी. सिमेन्ट मात्र उत्पादन गर्दै गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अपनाउँदै आएको छ। नयाँ संस्करणमार्फत कम्पनीले आफ्नो अडान अझ स्पष्ट र प्रभावशाली शैलीमा सार्वजनिक गरेको छ।
यसपटकको क्याम्पेन सिरिजमा एक ट्राफिक प्रहरी राष्ट्रसेवकको कथामार्फत ‘कर्तव्यमा कुनै सम्झौता हुँदैन’ भन्ने संदेश दिइएको छ, जसले शिवम् सिमेन्टको “गुणस्तरमै सम्झौता छैन” भन्ने ब्रान्ड पहिचानलाई झनै बलियो बनाएको छ।शिवम् सिमेन्टका अनुसार, यो क्याम्पेन केवल उत्पादन प्रवर्धनमा सीमित छैन। सामाजिक सन्देशहरूलाई समेट्दै जिम्मेवार ब्रान्डको रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित विज्ञापन सामग्री तयार पारिएको हो। आगामी दिनहरूमा सामाजिक परिवेशमा आधारित अन्य भिडियोहरूसमेत क्रमशः सार्वजनिक गरिनेछ।
यसअघि सञ्चालन गरिएको ‘No Compromise’ क्याम्पेन अत्यन्तै लोकप्रिय बनेको थियो। ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’, र ‘Quality को मामलामा No Compromise’ जस्ता नाराहरूले ब्रान्डलाई बलियो पहिचान दिलाएका छन्।गुणस्तरमा निरन्तर अडिग रहँदै आएको प्रमाण स्वरूप शिवम् सिमेन्टले सन् २०१९ मा ‘NS Quality Award’ को पहिलो पुरस्कार जित्न सफल भएको थियो। यस पटकको क्याम्पेन पनि गुणस्तर र सामाजिक मूल्यबीचको समन्वय प्रस्तुत गर्ने प्रयास हो।
शिवम् सिमेन्टको यो नयाँ श्रृंखला न केवल निर्माण क्षेत्रका लागि प्रेरणादायक बन्नेछ, बरु उपभोक्तामा पनि गुणस्तरीय रोजाइबारे सचेतना फैलाउने अपेक्षा गरिएको छ।




.gif)





