images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा ३१...

महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा ३१ महिला उद्यमी सम्मानित

महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा ३१ महिला उद्यमी सम्मानित

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ३१औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमका साथ मनाएको छ। बैंकले वैशाख ७ गते ३१औं वर्षमा प्रवेश गरेको अवसर पारेर वैशाख ४ गतेदेखि वैशाख १० गतेसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो।वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय पहुँच, आर्थिक विकास र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले देशभरीका विभिन्न शाखा कार्यालयहरूमार्फत ३१ जना महिला उद्यमीहरूलाई सम्मान गरेको छ। यसबाट उद्यमशीलतालाई प्रोत्साहन मिल्ने बैंकको विश्वास छ।

    images
    images

    यसैगरी, वार्षिकोत्सवको एक भागको रूपमा बैंकले जेठ ६ गते देशका १० वटा शाखा कार्यालय र केन्द्रीय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्यो। उक्त कार्यक्रमबाट कुल ३२० पिन्ट रगत सङ्कलन भएको बैंकले जनाएको छ।

    जेठ ७ गते बुधबार बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय र शाखा कार्यालयका कर्मचारीहरू स्थानीय भेषभूषामा उपस्थित भई सांस्कृतिक प्रहसन गरे। सोही दिन केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर पनि सञ्चालन गरिएको थियो। कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरियो।वार्षिकोत्सवको महत्त्वपूर्ण कार्यक्रमको रूपमा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको चौथो संस्करण जेठ २१, २२, २३ र २४ गते २४ टोलीको सहभागितामा सञ्चालन हुने बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend