images

२०८३ आश्विन २० गते

images
images
images

१० महिनामा आठ करोड २१ लाख राजस्व संकलन

१० महिनामा आठ करोड २१ लाख राजस्व संकलन

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • पर्सा।  यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा आठ करोड २१ लाख ७० हजार १३२ रुपैयाँ राजस्व संकलन गरेको छ।कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढंगले राजस्व संकलन गर्दै आइरहेको जानकारी दिए। ‘कार्यालयले औषतमा मासिक ६१ लाख रुपैयाँको हाराहारीमा राजस्व संकलन गर्दै आइरहेको छ’, उनले भने।कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ तीन करोड ८३ लाख ८७ हजार २६७ रुपैयाँ रकम राजस्व संकलन गरेको छ।

    images
    images

    कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ एक करोड ६९ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अनुमतिपत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने ८३ लाख ७६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

    अनुमतिपत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार रुपैयाँ, अनुमतिपत्र नवीकरणतर्फ २७ लाख १६ हजार रुपैयाँ, सवारी विविधतर्फ आठ लाख २८ हजार ९५० रुपैयाँ राजस्व संकलन गरेको छ।आयकरतर्फ आठ लाख ६० हजार ५२५ रुपैयाँ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रुपैयाँ रकम राजस्व संकलन गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend