images

२०८३ आश्विन २० गते

images
images
images

गुल्मीमा छ अर्बको कृषि र पशुजन्य उत्पादन

गुल्मीमा छ अर्बको कृषि र पशुजन्य उत्पादन

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • रेसुङ्गा । गुल्मीमा कृषि र पशुपालनबाट समृद्धिको आशा जाग्न थालेको छ । पहाडी जिल्लाहरूमा ठुला उद्योग कलकारखाना नहुने भएकाले कृषि र पर्यटन नै समृद्धिका आधार हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार यो आर्थिक वर्षमा साढे चार अर्बको पशु र सवा अर्ब रुपियाँ बराबरको कृषिजन्य उत्पादन भएको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क अनुसार यो वर्ष मासु, दूध र अण्डा गरेर चार अर्ब ५९ करोड २९ लाख चार हजार रुपियाँ बराबरको पशुजन्य उत्पादन भएको छ । एक अर्ब ८४ करोड ३८ लाख १५ हजार रुपियाँको दूध उत्पादन मात्रै उत्पादन भएको छ । गाईको दूध छ हजार ३८१ मेट्रिक टन र भैँसीको दूध १६ हजार ४३७ मेट्रिक टन उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिनुभयो । 

    images
    images

    गतबर्ष भन्दा अहिले २.५१ प्रतिशत दूध उत्पादन वृद्धि भएको छ । अहिले जिल्ला बाहिर प्रत्येक दिन पन्ध्र सय लिटर दूध निर्यात हुने गरेको छ । सत्यवती, रुरु क्षेत्रका फर्महरूबाट बढी दूध बिक्री भइरहेको छ । गुल्मीमा राँगो, खसी बोका, कुखुरा, सुँगुर र बुङ्गुर तथा भेडाको दुई अर्ब ५८ लाख २३ लाख चार हजार रुपियाँ बराबरको मासु उत्पादन हुने गरेको बताउनुभयो । त्यस्तै जिल्लामा १९ करोड ४१ लाख ७५ हजार रुपियाँ बराबरको अण्डा उत्पादन हुने गरेको पाण्डेयले बताउनुभयो । 

    त्यस्तै जिल्लामा एक अर्ब १५ करोड, ७२ लाख ६० रुपियाँ बराबरको कृषि उपज उत्पादन भएको छ । याक वर्ष कृषि ज्ञान केन्द्रका अनुसार तरकारी, सुन्तला, कफी, मह, किवी, मसिनो चामल, आलु, उखु, कोदो र रैथाने बाली गरेर ४९ हजार ३११ मेट्रिक टन उत्पादन हुने गरेको छ । जसमा ६८ करोड ९६ लाख २० हजार आठ रुपियाँ मूल्य बराबरको कृषि उपज जिल्ला बाहिर निर्यात हुने गरेको छ कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी १९ हजार ७५७ मेट्रिक टन अर्थात् ४३ करोड ४६ लाख ६० हजार ६०० रुपियाँ बराबरको उत्पादन भएको बताउनुभयो । जसमा २० करोड ९६ लाख ८९ हजार २०८ रुपियाँ बराबरको तरकारी जिल्ला बाहिर निर्यात हुने गरेको मरासिनीले बताउनुभयो । तरकारीको लागि छत्रकोट, सत्यवती र रुरु क्षेत्र गाउँपालिका राम्रो छन् । त्यस्तै सुन्तला पनि जिल्लामा राम्रो उत्पादन देखिएको छ । 

    images
    images

    जिल्लामा उत्पादन हुने २७ करोड २३ लाख ४६ हजार रुपियाँको सुन्तला मध्ये १५ करोड ९२ लाख रुपियाँको सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । यो वर्ष सात हजार १६७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तलाको लागि रेसुङ्गा, धुर्कोट र छत्रकोट अब्बल छन् । कफीको जजनी गुल्मीबाट अहिले २१२ मेट्रिक टन अर्थात् दुई करोड एक लाख ४० हजार रुपियाँ मूल्य बराबरको कफि उत्पादन मध्ये एक करोड ६५ लाखको जिल्ला बाहिर निर्यात भएको बाली संरक्षण अधिकृत मरासिनीले बताउनुभयो । जिल्लाको रुरुक्षेत्र र छत्रकोट गाउँपालिका उखुको राम्रो सम्भावना भएका स्थानीय तह हुन् । भने मालिकामा आलुको राम्रो सम्भावना रहेको छ । जिल्लाबाट उखु छ हजार ६९६ र आलु १३ हजार ९९५ मेट्रिक टन उत्पादन भएका छन् । किवी र मह तथा कोदो लगायतका रैथाने बालीको पनि राम्रो सम्भावना रहेको छ । 

    नेपाल कृषि प्रधान देश हो । पहाडी जिल्लाहरूको समृद्धिको आधार कृषि र पशुपालन भए पनि जिल्लाका दुई ठुला कार्यालयको बजेट बर्सेनि घट्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको गत वर्ष चार करोड २८ लाख रुपियाँ बजेट थियो । अहिले प्रदेश सरकारले ३५ प्रतिशत बजेट घटाएर प्रस्ताव गर्न भनेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend