images

२०८३ आश्विन १८ गते

images
images
images

भ्याटमा दर्ता भएका ९५ हजार करदाताले कर नबुझाएपछि कारोबार रोक्का

भ्याटमा दर्ता भएका ९५ हजार करदाताले कर नबुझाएपछि कारोबार रोक्का

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • काठमाडौँ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करिब ९५ हजार करदाताले विगत ६ महिनादेखि कारोबारको विवरण बुझाएका छैनन् । आन्तरिक राजश्व विभागको तथ्यांक अनुसार ९५ हजार ३४९ वटा कम्पनी तथा फर्मले यस्तो विवरण नबुझाएका हुन् । मूूल्य अभिवृद्धि कर ऐन, २०५२ मा लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको करकट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्ता समेत निलम्बन गर्न सकिने व्यवस्था छ । 

    images
    images

    यस अनुसार आन्तरिक राजश्व कार्यालयले सूचना प्रकाशित गरी १५ दिनभित्र विवरण बुझाउन वैशाख ११ गते आग्रह गरेको थियो । तर, जेठ ७ सम्म पनि कर विवरण नबुझाएका कम्पनीको नाम सार्वजनिक गर्ने निर्णय बमोजिम ती करदाताहरूको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको विभागले जनाएको छ । यसरी निलम्बनमा परेका कम्पनीसँग कारोबार नगर्न नगराउन विभागले अरुलाई समेत अनुरोध गरेको छ । 

    यसका लागि स्थायी लेखा नम्बर खोजी गर्ने विकल्पमा प्यान सर्चमा कुनै करदाताको स्थायी लेखा नम्बर इन्ट्री गरी हेर्दा निलम्बित करदाताको हकमा विभागको मिति २०८२/०२/०९ को निर्णय बमोजिम मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको छ भन्ने विवरण देखिने व्यवस्था गरिएको छ । यसरी दर्ता निलम्बन भएका करदाताहरूले कर विवरण पेश गरी कारोबार नियमित गरी दर्ता कायम राख्न चाहेमा बाँकी सबै अवधिको कर विवरण पेश गरेपछि निलम्बित सूचीबाट स्वतः हट्ने व्यवस्था मिलाइएको समेत विभागले जनाएको छ । 

    images
    images

    ती कम्पनीहरुको नामबाट हुने आयात र निकासी समेत रोक्का गर्न भन्सार विभागलाई अनुरोध गरिएको र यो सक्बन्धमा कुनै करदाताको दाबी विरोध भएमा व्यवसाय दर्ता रहेको सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend