images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • जापानलाई पछि पार्दै भारत बन्यो विश्वको...

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • काठमाडौँ । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकलाई उद्घृत गर्दै भारतको नीति आयोगले यस्तो जानकारी दिएको हो । 

    images
    images

    आयोगमा प्रमुख कार्यकारी अधिकृत बीभीआर शुभ्रमन्यमले भारतको अर्थतन्त्र ४ ट्रिलियन अमेरिकी डलर नाघेको उल्लेख गरे । यसअनुसार अब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र क्रमशः अमेरिका, चीन र जर्मनीको रहेको छ । चौथोमा भारत आएको छ । यसअघि चौथो स्थानमा रहेको जापान पाँचौं स्थानमा झरेको छ । 

    नीतिगत विचार मञ्चको १० औँ शासकीय परिषद् बैठकपछि बोल्दै शुभ्रमन्यमले यो वृद्धिलाई घरेलु सुधार र विश्वव्यापी वातावरणको संयोजनलाई उपज भएको बताएका छन् । यही गतिमा अघि बढे अबको अढाइदेखि तीन वर्षमा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्नसक्ने उनले बताए । 

    images
    images

    आईएमएफको तथ्यांक अनुसार अमेरिकाको अर्थतन्त्र अहिले ३०.५०७ ट्रिलियन अमेरिकी डलरको छ । त्यस्तै, चीनको १९.२३१ ट्रिलियन रहँदा जर्मनीको ४.७४४ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र पुगेको छ । भारतको ४.१८७ ट्रिलियन डलर रहँदा जापानको ४.१८६ ट्रिलियन डलरको अर्थतन्त्र रहेको छ । त्यसपछि क्रमशः बेलायत, फ्रान्स र इटाली रहेका छन् । भारतको यस्तो रिपोर्ट यो समयमा आएको छ, जतिबेला अमेरिकाले भारतमा आईफोन उत्पादन नगर्ने नीति लिएको छ । भारत लागतको हिसाबले एकदमै सस्तो मुलुक भएकोले भन्सार महशुलको अनिश्चितताबीच उत्पादनलाई जारी राख्ने शुभ्रमन्यमको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend