images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • कोसी प्रदेशसभामा मागियो गृहमन्त्री रमेश लेखकको...

कोसी प्रदेशसभामा मागियो गृहमन्त्री रमेश लेखकको राजीनामा

कोसी प्रदेशसभामा मागियो गृहमन्त्री रमेश लेखकको राजीनामा

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने विषय कोसी प्रदेशसभामा पनि उठेको छ। आइतबारको कोसी प्रदेशसभाको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले तत्काल गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानको बाटो खोल्न आग्रह गरेका हुन्।सांसद उप्रेतीले भुटानी शरणार्थी काण्डलाई समेत बिर्साउने र त्यसलाई मात खुवाउने गरी अहिले राष्ट्रमा भिजिट भिसा प्रकरण आएको बताए। अहिलेका गृहमन्त्री रमेश लेखकको नामै जोडिएर प्रमाण सहित प्रधानमन्त्री कार्यालयमा नै यस बारेको उजुरी दर्ता भइसकेको स्पष्ट पारे। 

    images
    images

    ‘उहाँ (रमेश लेखक) आज गृहमन्त्री हुनुहुन्छ, उहाँ विपक्षमा हुँदा सहकारी लगायतको विषयमा प्रश्न उठेपछि उहाँ आफैँले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ भनेर संसद्मा माइक फुट्ने गरी कराउनु भएको थियो’, उप्रेतीले भने, ‘आज लाजै लजाउने गरी गृहमन्त्री ज्युले यो मुलुक लुटेराहरूले नै नेतृत्व गरेका छन् भनेको जस्तो गरेर  पदमा बसिरहनु भएको छ, तुरुन्त राजीनामा दिनु पर्छ।’  

    उनले देशकै बदनाम हुने गरी अन्ताराष्ट्रिय रूपमा नै लज्जित हुने गरी लेखकले भ्रष्टाचारको पहल कदमी लिने गरी नेतृत्व गरिरहेको बताए। सांसद उप्रेतीले भने, ‘नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र  त्यस्ता मन्त्रीहरूलाई सम्बन्धित पार्टीहरूले सरकारबाट फिर्ता बोलाउन आग्रह गर्दछु।’ भिजिट भिसाको नाममा मानिसहरूलाई विदेश पठाउन दैनिक ५० लाख उठाएर मुलुकलाई लुट्ने काम गरिरहेको समेत आरोप लगाए। ‘विश्वका राम्रा भनिएका देशहरूमा समेत यसरी दैनिक ५० लाख कमाई हुँदैन होला तर यहाँ त गृहमन्त्रीले देश लुट्ने काम गरेकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ’, उप्रेतीले भने।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend