images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आईएमई बैङ्क इन्फोसिस फिनाकल इनोभेसन...

ग्लोबल आईएमई बैङ्क इन्फोसिस फिनाकल इनोभेसन गोल्ड अवार्ड २०२५ बाट सम्मानित

ग्लोबल आईएमई बैङ्क इन्फोसिस फिनाकल इनोभेसन गोल्ड अवार्ड २०२५ बाट सम्मानित

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा प्रोडक्ट इनोभेसन विधा अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ।इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैङ्कहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए। बैङ्कले डिजिटल इनोभेसन र सञ्चालनमा उत्कृष्टताका लागि उक्त अवार्ड प्राप्त गरेको हो।यस वर्ष पुरस्कृत विधा डिजिटल इनोभेसन—इन्टेग्रेटेड फोर्स लोन प्लेटफर्मले ब्याक अफिस क्रेडिट सञ्चालनलाई सुव्यवस्थित गर्नमा ठूलो सफलता हासिल गरेको छ।

    images
    images

    लगातार तेस्रो वर्ष यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुले ग्लोबल आइएमई बैङ्कको इनोभेसनप्रतिको समर्पण, डिजिटल सामर्थ्यको विकास र बैङ्किङ क्षेत्रमा उत्कृष्टताको नयाँ कीर्तिमान कायम गर्ने दृढ सङ्कल्पलाई उजागर गरेको छ।यसअघि बैङ्कले आफ्नो मोबाइल बैङ्किङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लस मार्फत सेक्युरिटी डिपोजिट लकर जारी गर्ने र ई–कमर्स कार्ड जारी गर्ने कार्यलाई डिजिटलाइज गरेबापत सन् २०२४ मा प्रोसेस इनोभेसन विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको थियो।

    त्यसै गरी, सन् २०२३ मा ग्राहक अनुभव र सञ्चालन दक्षता अभिवृद्धिमा केन्द्रित डिजिटल रूपान्तरण पहलका लागि ट्रान्सफर्मेसन एक्सलेन्स गोल्ड अवार्ड प्राप्त गरेको थियो।ग्लोबल आइएमई बैङ्क प्रविधिको विकास, रणनीतिक सहकार्य र ग्राहक केन्द्रित सेवाको एकीकृत र समय सापेक्ष समाधानमा नेपालको बैङ्किङ क्षेत्रमा सबैभन्दा अगाडि छ।बैङ्कले नवीन प्लेटफर्महरूको उपयोग गर्दै विश्वव्यापी रूपमा सञ्जाल र साझेदारी निर्माण गरेर समावेशिता, पहुँच र सेवा उत्कृष्टतामा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ।

    images
    images

    ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ।ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

    बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend