images

२०८३ आश्विन १८ गते

images
images
images

गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको ३०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँ गौशाला स्थित अनुपम फुडल्यान्डमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुको साथै सोही सभाले आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणको लागि एनबीएसएम एसोसियट्सलाई लेखापरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको समेत जानकारी प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले दिए । 

    images
    images

    उक्त साधारण सभाले विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिले नियुक्त गरेका सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ । सोही सभाको अवसर पारी वित्तीय संस्थाले वित्तीय संस्थामा २० वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान गर्नुको साथै ३० वर्षभन्दा अधिक सेवा गरी अनिवार्य अवकाश भएका मुकुन्द श्रेष्ठको बिदाई समेत गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend