images

२०८३ आश्विन २० गते

images
images
images
  • अर्थतन्त्र
  • मधेस प्रदेश कार्यालयले निर्जीवन बिमातर्फ दुई...

मधेस प्रदेश कार्यालयले निर्जीवन बिमातर्फ दुई अर्ब १५ करोड बीमा शुल्क सङ्कलन

मधेस प्रदेश कार्यालयले निर्जीवन बिमातर्फ दुई अर्ब १५ करोड बीमा शुल्क सङ्कलन

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • काठमाडौंः नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ दुई अर्ब १५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ। सोही अवधिमा भने निर्जीवन बीमातर्फ जारी बीमालेख सङ्ख्या भने दुई लाख ५९ हजार ४७५ रहेको छ।

    images
    images

    निर्जीवन बीमातर्फ ७ हजार १२४ सङ्ख्याले एक अर्ब ६० करोड २६ लाख रुपैयाँ रकम दाबी भुक्तानी माग गरेका छन्। तर, कार्यालयले सो माग गरेकामध्ये ५ हजार ५८५ जनालाई एक अर्ब आठ करोड ४३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।

    नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरे। ‘हामीले बीमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ‘, उनले भने, ‘आगामी दिनमा बीमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ।’

    images
    images

    कार्यालयले चालु आवको नौ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको छ। सो अवधिमा मधेस प्रदेशमा ८६ हजार ६७० वटा जीवन बीमाको बीमालेख सङ्ख्या रहेको छ।

    जीवन बीमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा ९।२४ प्रतिशत रहेको छ। चैतसम्ममा जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

    कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बीमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट दुई अर्ब ८७ करोड ७४ लाख रकम भुक्तानी गरेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend