images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • बङ्गलादेशी कम्पनीले नेपाली बैङ्कको लेखा परीक्षण...

बङ्गलादेशी कम्पनीले नेपाली बैङ्कको लेखा परीक्षण गर्दै

बङ्गलादेशी कम्पनीले नेपाली बैङ्कको लेखा परीक्षण गर्दै

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • काठमाडौँ । नेपालका १० वटा वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बङ्गलादेशी कम्पनी योग्य भएको छ ।राष्ट्र बैङ्कले नेपालका १० वटा वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर परीक्षण गर्नका लागि बङ्गलादेशी कम्पनीलाई छनोट गरेको हो । बङ्गलादेशको ढाकास्थित हाउलादर युनुस एन्ड कम्पनीले नेपालका वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर परीक्षण गर्ने भएको हो ।

    images
    images

    राष्ट्र बैङ्कको नियमावली अनुसार लोन पोर्टफोलियो रिभ्यु गर्न उक्त कम्पनी प्राविधिक रूपमा योग्य पाइएको राष्ट्र बैङ्कले जानकारी गराएको छ । गुणस्तर परीक्षणका गर्नका लागि हाउलादर, श्रीलङ्का, भारतका अन्य पाँच कम्पनी सर्टलिस्टमा परेका थिए ।राष्ट्र बैङ्कले एक सूचनामार्फत इच्छुक विदेशी लेखा परीक्षकलाई नेपालका वाणिज्य बैङ्कको व्यापक सम्पत्ति गुणस्तर समीक्षा (लोन पोर्टफोलियो रिभ्यु–एलपिआर) का लागि आशयपत्र बुझाउन आह्वान गरेको थियो । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को सर्तबमोजिम धेरै कर्जा प्रवाह गरेका १० ठुला बैङ्कको विदेशी अडिटरबाट लेखापरीक्षण गर्न लागिएको हो ।

    यसअघि १० ठुला बैङ्कको लेखा परीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्वीकृत भएसँगै लेखा परीक्षण कार्य रद्द भएको थियो । त्यसबेला मागिएको आशयपत्र अनुसार पाँच कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । तीमध्ये भारतको केपिएमजी योग्य देखिए पनि उसको आर्थिक प्रस्ताव अस्वीकृत भएपछि राष्ट्र बैङ्कले सो प्रक्रिया रद्द गरेको थियो ।आइएमएफसँग विस्तारित कर्जा सुविधा लिने क्रममा नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले १० ठुला बैङ्कको अन्तर्राष्ट्रिय अडिटरबाट लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएका थिए । आइएमएफले विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गत ३९५ मिलियन डलर प्रदान गर्नका लागि मार्च २०२३ मा उक्त सर्त राखेको थियो ।

    images
    images

    आइएमएफले बैङ्कहरूको खराब कर्जा बढ्दै गएको तथा पुँजीको अभाव रहेको अवस्थामा निरन्तरको अनुगमन आवश्यक रहेको उल्लेख गर्दै तत्काल १० ठुला बैङ्कको ऋण पोर्टफोलियो समीक्षा गर्नुपर्नेमा जोड दिएको हो । आइएमएफले नेपाल राष्ट्र बैङ्क ऐनमा संशोधन तथा राष्ट्र बैङ्कलाई बाह्य लेखा परीक्षणलाई प्राथमिकतामा राख्नसमेत सुझाएको थियो ।आइएमएफसँग करिब ४० करोड अमेरिकी डलरको विस्तारित कर्जा सुविधा लिएको नेपालले यसको चौथो किस्तासमेत लिइसकेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend