images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको...

मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ८ सरकारी धाराबाट बिहीबार दिउँसो मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा आउनेमा मकवानपुरको बसामाडी घर भएका २८ वर्षीय सरोज लामा र सिन्धुलीको मरिण गाउँपालिका ८  घर भएका १९ वर्षीय क्षितिज रनपहेली रहेका छन् । उनीहरुले बा ९१ प ९८ ६५ नम्बरको मोटरसाइकल लिएर हिँडेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर बाग्मती प्रदेश ०२-०४१ प ८६ ०० भएको खुल्न आएको थियो । 

    images
    images

    उक्त मोटरसाइकल काठमाडौँको कपन घर भएका डालीकृष्ण पौडेलले गत वैशाख २५ गते काठमाडौँको चुच्चेपाटीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा उनीहरुले बा ६० प ७१५४ नम्बरको स्कुटर चोरी गरी काठमाडौँकै गोकर्णेश्वर नगरपालिका २ नाम्गेलमा लुकाई राखेको खुलेपछी प्रहरीले उक्त स्कुटर समेत बरामद गरेको छ ।  

    मोटरसाइकल सहित नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए  । आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले अनुरोध गरेका छन् । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले अनुरोध गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend