images

२०८३ आश्विन २० गते

images
images
images

भारतबाट १० महिनामा४ करोड ६१ लाख रुपैयाँको खरबुजा आयात

भारतबाट १० महिनामा४ करोड ६१ लाख रुपैयाँको खरबुजा आयात

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • झापा-पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ।मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको हो।

    images
    images

    गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्ट फलका रूपमा खरबुजा बजारमा लोकप्रिय छ। स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ।विगत १० महिनामा सबैभन्दा बढी चैतमा एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी खरबुजा भारतबाट आयात भएको छ।भन्सारले जनाएअनुसार चालु आवको पहिलो महिना साउनमा ६० लाख ५० हजार मूल्य बराबरको दुई लाख ३० हजार ८५० केजी, भदौमा ४८ लाख ९८ हजार मूल्य बराबरको एक लाख ८६ हजार १४० केजी, असोजमा ३७ लाख २९ हजार मूल्य बराबरको एक लाख ४१ हजार ४५० केजी, कात्तिकमा २१ लाख ३७ हजार मूल्य बराबरको ८१ हजार २४० केजी, मंसिरमा १४ लाख ६६ हजार मूल्य बराबरको ५५ हजार ७८० केजी र पुसमा १२ लाख ४२ हजार मूल्य बराबरको ४७ हजार २६० केजी खरबुजा भारतबाट काँकडभिट्टा हुँदै नेपाली बजारमा भित्रिएको छ।

    त्यसैगरी, माघमा २२ लाख ३२ हजार मूल्य बराबरको ८५ हजार ७१० केजी, फागुनमा ४४ लाख ८८ हजार मूल्य बराबरको एक लाख ७३ हजार ७८९ केजी, चैतमा एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २३० केजी र वैशाखमा ६५ लाख ८६ हजार मूल्य बराबरको दुई लाख ५२ हजार ६५० केजी खरबुजा आयात भएको पाइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend