images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • सीजी मोटर्स आयोन भीको ब्रान्ड एम्बेसडरमा...

सीजी मोटर्स आयोन भीको ब्रान्ड एम्बेसडरमा वर्षा राउत

सीजी मोटर्स आयोन भीको ब्रान्ड एम्बेसडरमा वर्षा राउत

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं । सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई 'एक्स्ट्रावर्डिनरी आयोन भी' इलेक्ट्रिक गाडीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । घोषणा समारोहमा उनलाई औपचारिकरूपमा गाडी हस्तान्तरण गरिएको छ ।

    images
    images

    सीजी मोटर्सका जीएम–सेल्स सुशील पोखरेलले वर्षालाई आयोन भीको ब्रान्ड एम्बेसडरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । उनको अग्रगामी सोच, आधुनिक जीवनशैली र दिगोपनप्रतिको प्रतिबद्धता आयोन भीसँग पूर्णरूपमा मेल खाने उनको भनाइ छ ।

    आयोन भीमा ८–पोइन्ट मसाज सिट, इन–बिल्ट रेफ्रिजेरेटर, प्यानोरामिक सनरुफलगायत उच्चस्तरीय विशेषता छन् । गाडीमा ७५.३ किलोवाट क्षमताको ब्याट्री र ६५० किमी रेन्जले गाडीलाई लामो यात्राका लागि विश्वसनीय बनाउने बताइएको छ ।

    images
    images

    चौधरी समूहअन्तर्गत रहेको सीजी मोटर्स नवीन प्रविधि र विश्वव्यापी साझेदारीमार्फत दिगो मोबिलिटी समाधान दिन समर्पित छ । नेपालभर २० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टर र २६० भन्दा बढी चार्जिङ स्टेसन‍बाट कम्पनीले आफ्ना ग्राहक तथा सरोकारवाला‍लाई सेवा दिँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend