images

२०८३ आश्विन २० गते

images
images
images

१० महिनामा मेची भन्सारबाट करिब १३ अर्ब राजस्व संकलन

१० महिनामा मेची भन्सारबाट करिब १३ अर्ब राजस्व संकलन

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं।  मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१८२ को १० महिना (साउनदेखि वैशाख) मा १२ अर्ब ९४ करोड २० लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवको वैशाख महिनासम्म १४ अर्ब १४ करोड ४२ लाख २० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको थियो । ‘गत आव २०८०–८१ को सोही अवधिमा राजस्व  १५ अर्ब आठ करोड ६४ लाख २० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकामा ७६।८५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१।५१ प्रतिशत हासिल गरेका छौं’ उनले भने ।

    images
    images

    कार्यालयको तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६०.५५ प्रतिशत अर्थात्  ७ अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, तरकारीको आयातबाट ५८ करोड ३३ लाख १५ हजार रुपैयाँ, यातायातका साधन र तिनका पाटपुर्जाबाट ३६ करोड ५३ लाख १५ हजाररुपैयाँ राजस्व संकलन भएको छ ।त्यस्तै, खनिज उत्पादनबाट २४ करोड १० लाख ३० हजार रुपैयाँ, कफीबाट १९ करोड ३६ लाख ९० हजार रुपैयाँ, दलहनबाट २० करोड २९ लाख ९४ हजार रुपैयाँ, राजस्व संकलन भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

    यस कार्यालयबाट चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । सोही अवधिमा रु ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिहंदा १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार रुपैयाँ राजस्व संलन भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend